नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

  श्रावण १९, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं।नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरिएको छ । जहाजको एउटा इन्जिनमा धुवाँ देखिएको भन्दै उडेको केही मिनेटमै नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।श्री एयरको ९ एन– एएनएफ जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको बताइएको छ ।

नेपालगन्ज विमानीथलबाट १० माइल उडेपछि उक्त जहाज सोही विमानस्थलमा फर्काएर अवतरण गराइएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थल कार्यालयका अनुसार जहाज र यात्रुहरु भने सकुशल छन् । फुल इमरर्जेन्सी व्यवस्था गरेर जहाजलाई सुरक्षित अवतरण गरिएको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर