नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा पार्दै

  श्रावण ०४, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं।विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ ।

रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ ।

पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ स्थानमा परेर पुच्छरमा रहेको छ ।

जापानपछि क्रमशः सिंगापुर, तेस्रोमा दक्षिण कोरिया, जर्मनी, स्पेन फिनल्याण्ड, इटाली, लक्जमबर्ग, अष्ट्रियालगायत मुलुकहरु रहेका छन् । यस्तै, सूचीको ६ औँ स्थानमा बेलायत, बेल्जियमलगायत मुलुकहरु रहेका छन् भने ७ औँ नम्बरमा अमेरिका रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर