निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने राप्रपालाई गृह मन्त्रालयको चेतावनी

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। आइतबार बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दै निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाको धारणापछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।

गृह मन्त्रालयका सहसचिव, प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर