निर्वाचन आयोगद्वारा ९ संस्थालाई उपनिर्वाचन पर्यवेक्षण अनुमति

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १२ ।  मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको छ ।
निर्वाचन आयोगले कात्तिक २६ मा आवेदन माग गरेको थियो । ती संस्थालाई प्रत्येक मतदानस्थलमा दुई जना पर्यवेक्षक खटाउने निर्णय गरेको छ । आयोगले पर्यवेक्षक सङ्घसंस्थासँग अन्तरक्रिया गर्दै निर्वाह गर्नुपर्ने भूमिका र आचारसंहिता बारे छलफल पनि गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षकलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न आग्रह गर्दै सुधारका लागि सुझाव लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन आयुक्त सगुनशमशेर जबराले सुझावहरू गम्भीरतासाथ कार्यान्वयन गर्ने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर