निर्माण कम्पनीको लापरबाहीले विमानस्थल रनवे जोखिममा

  असार ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ ८। काम छिटो सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मत सम्भारमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवास्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो ।

१० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रालिले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।पानी परेकै बेला गरिएको रनवेको २५ मिटर कालोपत्रेको लेबल नमिलेको र ज्वाइन्ट तलमाथि परेको छ भने क्रंकिट र पिचको मिश्रणसमेत छुटेको छ । दिउँसो १ देखि बिहान ५ बजेसम्म काम नभएको समयमा गरिने मर्मत हेर्न नागरिक उड्ययन प्राधिकरणले चारजना छुट्टै प्राविधिक टोलीलाई जिम्मा दिएको छ ।

सप्तकोशी जलाधारले पेटी ठेकेदारको रूपमा पप्पु कन्स्ट्रक्सनलाई प्रयोग गरेपछि रनवेको मर्मत कमजोर बन्ने अनुमान गर्न थालिएको छ । प्राधिकरणका इन्जिनियर स्मिता पुन्जालीले पानी परेका बेला काम रोक्ने गरेको बताउँदै मर्मतकै चरणमा भएका त्रुटिपूर्ण काम सच्याउँदै लैजाने बताए । हाल सिमरा-काठमाडौं हवाई उडान बिहान ६ देखि दिउँसो १ बजेसम्म चारवटा कम्पनीले ५ देखि ६ वटा मात्रै उडान भर्ने गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर