निर्मला कुर्मी प्रकरण : एक महिना धर्नापछि अनशन बस्ने तयारी

  माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । निर्मला कुर्मीलाई न्याय माग गर्दै अधिकारकर्मीसहित आफन्तले माइतीघरमा धर्ना थालेको शुक्रबार ३० दिन पुगेको छ । बाँकेकी अधिकारकर्मी रुबी खानसहित कुर्मीका परिवार हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म माइतीघर मण्डलामा धर्नामा बस्ने गरेका छन् । धर्ना शुरु गर्नुअघि उनीहरू हरेक दिन बिहान कलंकीबाट लाल्टिन बालेर न्यायको माग गर्दै माइतीघर आउने गरेका छन् ।

निर्मला कुर्मीको सम्पत्ति हडपेर हत्या गर्दा समेत सरकार संवेदनशील नभएको भन्दै अधिकारकर्मी खानले न्यायीक आयोग गठन नगरेसम्म आफूहरू पछि नहट्ने चेतावनी दिएकी छन् । सरकारलाई आयोग गठनका लागि दिएको अल्टिमेटम आज सकिँदैछ । आज अपराह्न साढे ४ बजेसम्म सरकारले हत्या छानबिनका लागि आयोग गठन नगरे आमरण अनशन थालिने अधिकारकर्मी खानले जानकारी दिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर