मिडियाबाजी डटकम काठमाडौँ, असार ८ । नाबालिगलाई वेश्यावृत्तिमा लगाउने ‘स्पा’ सञ्चालक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका–९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान पक्राउ परेका हुन् ।
उनीहरूले काठमाडौंको ठमेलमा सञ्चालन गरेको ‘ए वान स्पा सेन्टर’ मा नाबालिगहरूलाई विभिन्न किसिमको डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने प्रहरीले जनाएको छ । उनीहरूले ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका नाबालिगहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।