नागरिकता विधेयक आज पारित गर्ने सरकारको तयारी

  भदौ ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक आज बिहीबार पारित गर्ने सरकारको तयारी छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ ।

यसको लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि सत्ता गठबन्धनको बैंठकले पनि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरिसकेको छ । राष्ट्रपति भण्डारीले साउन २९ मानागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर