नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा आर्मीलाई दुई स्वर्ण

  असोज ३१, २०७९

मिडियाबाजी डटकम कास्की – नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रङ्गशालामा सोमवार आज बिहान भएका तीन वटा खेलमध्ये दुई वटामा आर्मीले स्वर्ण जितेकाे हाे । १ सय १० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दूरी १५ दशमलव ३ सेकेण्डमा पार गरे ।

नेपाल पुलिसका चन्द्रदेव जोशीले १५ दशमलव ८१ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारुले १९ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक जिते ।एक सय मिटर हडल्स महिलामा आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दूरी १५ दशमलव ६९ सेकेण्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६ दशमलव २५ सेकेण्डमा पूरा गर्दै हात पारिन् । एपीएफकी भगीरथि कुमारी थारुले १९ दशमलव १३ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितिन् ।

३ हजार मिटर स्टिबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५ दशमलव १९ सेकेण्डमा दूरी पार गरे । अजित यादवले ९ मिनेट २१ दशमलव १० सेकेण्डमा पूरा गर्दै रजत पदक जिते । कास्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२ दशमलव १५ सेकेण्डमा दूरी पार गरे। 

तपाईंको प्रतिक्रिया

थप खबर