नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?

  भदौ ३१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ३१ ।   नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले भोलि अर्थात् असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपको व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।यस्तै, भदौमा रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको बैंकले असोजमा भने र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर दिने भएको छ । यता, साधारण बचततर्फ सबै प्रकारका खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर