नक्कली ट्रेडमार्क प्रयोग गरेर पानी बेच्ने पक्राउ

  असार ०६, २०७९

मिडियाबाजी डटकम ६ आषाढ, काठमाडौं । विभिन्न कम्पनीको ट्रेडमार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको छ ।

यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार बिक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीहरूलाई पनि प्रहरीले बरामद गरेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको एसपी मैनालीले मिडियाबाजी डटकमलाई बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर