धेरै घातक बन्दै डेंगु रोग

  असोज ०५, २०७९

हेटौंडा : बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २ , सिन्धुपाल्चोकमा २, मकवानपुरका १, सिन्धुलीमा १ र धादिङमा १ जनाको मृत्यु भएको बताएका छन् । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ ।

ती मध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् । यसैगरी, काठमाडौंमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ८ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

-रासस

तपाईंको प्रतिक्रिया

थप खबर