धुनिबेशीमा होमस्टे सञ्चालन सम्बन्धी तालिम सम्पन्न

  पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । धादिङको धुनिबेशीमा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमको सँयुक्त आयोजनामा घरवास तथा होमस्टे सँचालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न गरिएको हो ।

तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने जानकारी गराईनुका साथै विभिन्न खानाका परिका, सुप, बनाउने तरिका र स्थानिय खानाका परिका बनाउने लगाएतको बारेमा सहभागिहरुलाई तालिम दिएको धुनिबेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवता रमेश प्रसाद आचार्यले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर