धादिङको निलकण्ठ नगरपालिकाका मेयर भिम ढुंगानाका बडिगार्डको रुपमा कार्यरत दिनेश थापा मगरले एक सर्वसाधरणमाथि कुटपीट गरेका छन् । मेयर ढुंगानाको झोला बोकेर अघिपछि सुरक्षमा खटिँदै आएका दिनेशले निलकण्ठ नगरपालिका ५ खाल्टे घर भएका हरि कुमार श्रेष्ठलाई निर्घात कुटपीट गरेका हुन् । कुटपीटबाट घाइते भएका श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

हाल नीलकण्ठ नगरपालिका वडा नं। ३ बीचबजारमा कन्सलटेन्सी व्यवसाय सञ्चालन गर्दै आएका घाइते श्रेष्ठ नेकपा माओवादी केन्द्रका सदस्य रहेको बताइएको छ । आज दिउँस २ बजेको समयमा कार्यालयमा काम गरिरहेको अवस्थामा नीलकण्ठ नगरपालिका वडा नं,११ स्थायी घर भइ मेयर ढुङ्गानाको सुरक्षा गार्डकोे रुपमा कार्यरत थापा मगरले एक्कासी धारिलो हतियार प्रयोग गरेर आक्रमण गरेका हुन् ।- दियोपोष्टबाट