दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना निर्माण कार्य अगाडि बढ्दै

  पुष १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १५ । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना निर्माण कार्य अगाडि बढ्ने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन आइओसी बिच पेट्रोलियम पाइप लाइन अघि बढाउने विषयमा नेपाल र भारत संयुक्त सञ्चालक कमिटी स्टेरिङ कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

सिलगुडी–झापा चारआली र अमलेखगन्ज–लोथर पाइप लाइन परियोजनालाई अगाडि बढाउने विषयमा छलफल भएको निगमले जनाएको छ । निगम प्रवक्ता मनोजकुमार ठाकुरले दुवै पक्षबिचमा पाइप लाइन परियोजना अगाडि बढाउने विषयमा छलफल भएकाले निर्माण कार्यको प्रक्रिया सुरु भएको जानकारी दिए । ४८ महिनाभित्रमा पाइप लाइन निर्माणको काम सक्ने गरी छलफल भएको ठाकुरले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर