मिडियाबाजी डटकम काठमाडौं, माघ १६ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । हिजो दिनभर खुलेको काठमाण्डौ र आसपासको आकाशमा आज बिहानैदेखि डम्म बादल लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित धेरै ठाउँमा बादल लागेको मौसमविद् बिनु महर्जनले जानकारी दिए । तर, बादल लागे पनि पानी पर्ने सम्भावना भने नरहेको बताए ।
केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परेको थियो । आज पनि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको अनुमान गरिए पनि पश्चिमी न्यून चापीय प्रणाली खासै सक्रिय नभएकाले सम्भावना कम छ ।