मिडियाबाजी डटकम काठमाडौंँ, आषाढ १३। घूसकाण्डमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणको अडियो बाहिरिएपछि न्यायपरिषद्को बैठकले छानबिन समिति बनाएको थियो । छानबिन समिति गठनको बारेमा सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।
हेर्नुहोस् राजपत्रमा प्रकाशित सूचना :-

परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित भएको जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश समेत दिइएको छ ।