मिडियाबाजी डटकम काठमाडौं। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । मनाङेलाई आज साेमवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो ।
मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो । पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको छ ।