दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु ८ जना घाइते

  भदौ ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र १। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीमा जीप अनियन्त्रित भएपछि दुर्घटना भएको हो। दुर्घटनामा चालक अलि अलि होसमा थिए। बाँकी ५ जनाको ज्यान गएको छ भने बाँकी ८ जना घाइते भएका छन्।

गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउसो उल्लानीमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । प्रहरीको टोली दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर