मिडियाबाजी डटकम काठमाडौं,भाद्र १९। दाङमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का ३४ वर्षीय नबीन केसी रहेका छन् ।
उनी शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा भिरबाट तल खसेका थिए । भीरबाट खसेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटना स्थलमा पुगेको थिए । करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारि अस्पताल ल्याएको थियो ।
राप्ती प्रादेशिक अस्पताल ल्याए लगत्तै उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए । हाल मृतक केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।