दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत

  असोज ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज ५ ।  सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आज भएको छलफलमा यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी चाँडै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो ।

छलफलमा घटस्थापना अघि नै सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । साथै विपी राजमार्ग सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालय र नेपाल प्रहरीमा अनुरोध गर्ने निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर