मिडियाबाजी डटकम काठमाडौं, जेठ १ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस आजदेखि लागू हुँदै छ । मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको एमडीएमएसअनुसार अबदेखि नेपाल भित्रिने मोबाइलको आइएमइआई प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्नेछ ।
प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन। ३१ वैशाखसम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले बताए ।