दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गर्ने महानगरको चेतावनी

  कार्तिक ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं, कार्तिक १ । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको भन्दै महानगरले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवानासमेत असुल गर्ने चेतावनी दिइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर