दक्षिण कोरियामा भागदाैड मच्चिँदा १४६ जनाको मृत्यु , सयौं घाइते

  कार्तिक १३, २०७९

दक्षिण कोरियाको राजधानीको एक लोकप्रिय नाइटलाइफ सहर इथेवन क्षेत्रमा हेलोवीन मनाउन ठूलो भीडको बीचमा एक्कासी भएको भागदाैड र कुटपिटका क्रममा १४६ भन्दा बढी व्यक्तिको दु:खद मृत्यु भएको र सयौं व्यक्तीहरू घाइते भएको कोरियन अधिकारीहरूले बताएका छन्।

पछिल्लो घण्टामा मृत्यु हुनेको संख्या आज आइतबार बिहान ४ बजेसम्मको विवरण अनुसार १४६ पुगेको छ भने स्थानीय मिडियाले थप १०० जना भन्दा बढि घाइते भएको रिपोर्ट गरेका छन्।सियोलको इथेवन जिल्लामा भएको भिडको भागदाैडको क्रममा निस्सासिएर धेरैको मृत्यु भएको र भिडमा कुटपिट मच्चिनुको कारण केहीलाई निस्सासिएर हृदयघात समेत भएको कोरियन न्युज एजेन्सीले बताएका छन् ।

के कारणले भागदाैड र कुटपिट भएको हो भन्ने बिस्तृत कारण अझै थाहा हुन भने सकेको छैन । कोरियन सुरक्षा अधिकारीहरूले घटनाको बिस्तृत र सुक्ष्म कारण संकलन गरिरहेको बताएका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर