मिडियाबाजी डटकम काठमाडौं ,फागुन २७ । त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज पहिलो खेलमा हङकङसँग खेल्दैछ । खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुने जनाइएको छ ।
नेपालले भोलि पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने छ । मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।