तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु : निशेधित क्षेत्रमा के-के गर्न पाइँदैन ?

  चैत १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १५ ।   राजवादी समूहले आन्दोलनको नाममा अराजक गतिविधि गरेपछि तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु लगाइएको छ । नेपाल प्रहरले कर्फ्यु जारी भएको सूचना दिँदै आ–आफ्नो घर जानको लागि आग्रह गरिरहेको हो । शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्यु जारी भएपछि सार्वजनिक स्थानमा जान वा हिँडडुल गर्नुमा रोक लगाइन्छ । गाडी चलाउनु, साइकल चलाउनु, वा पैदल यात्रा गर्नु कर्फ्यु समयमा प्रतिबन्धित हुन्छ । अत्यावश्यक कामका लागि जस्तै, अस्पताल जान, औषधी लिनु वा अन्य अत्यावश्यक कार्यका लागि बाहिर जान अनुमति दिइन्छ । कर्फ्यु समयका दौरान सामाजिक दूरी कायम राख्नका लागि भीड जम्मा गर्नु वा सभा गर्न निषेध हुने बताइएको छ ।

कुनै प्रकारका सांस्कृतिक, सामाजिक वा धार्मिक गतिविधिहरू गर्ने अनुमति हुँदैन । कर्फ्यु लगाउनु उद्देश्य भनेको जन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नु, सामाजिक शान्ति कायम राख्न र महामारी वा कुनै संकटको समयमा जनजीवनलाई सुरक्षित राख्नु हो ।

तपाईंको प्रतिक्रिया

थप खबर