मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २४ । नेपाल प्रहरीले तिहारमा पटाका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग र बिक्री वितरण गरेको पाइए कारबाही गर्ने जनाएको छ ।
प्रहरीले सूचना जारी गर्दै विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले कारबाही गर्ने चेतावनी दिएको हो ।
विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।