मिडियाबाजी डटकम काठमाडौं कार्तिक २३।डोटीको दिपायलमा गएको भूकम्पमा परी मृत्यु हुनेहरू ६ जना सबैको सनाखत भएको छ ।
बुधबार बिहान २ बजेर १२ गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे हो । घाइते ५ जनाकाे उपचारका लागि अस्पताल लगिएको डीएसपी भोला भट्टले बताएका छन् ।