ठमेलमा विदेशी नागरिक मृत फेला

  बैशाख ०७, २०७९

काठमाडौँको ठमेलस्थित होटल मनाङमा एक जना विदेशी नागरिक मृत भेटिएका छन् । मंगलबार बेलुका होटलबाट खसेको अवस्थामा ती नागरिक फेला परेको प्रहरीले जनाएको छ ।काठमाडौँ प्रहरी प्रवक्ता दिनेशराज मैनालीका अनुसार ती नागरिक छनबाट खसेजस्तो अवस्थामा भेटिएका हुन् ।यता महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी दुर्गा दाहालका अनुसार बिहान ८ बजे घटनाबारे प्रहरीले थाहा पाएको हो । मृत नागरिकको पोसपोर्ट अनुसार उनी आइरिस नागरिक हुन् । ‘उनीहरु एड्रेस होटलमा बसेका रहेछन् । उसँगै एक जना इंग्ल्याण्डका नागरिक पनि रहेछन्,’ दाहालले भने,‘हामीले ती नागरिकलाई नियन्त्रणमा लिएर छानबीन थालेका छौँ ।’

होटलको नम्बरमा सम्पर्क गर्दा फोन उठाउने महिलाले घटनाबारे अनिभज्ञता प्रकट गरिन्  । उनले होटल संचालक तथा मालिकको नाम समेत थाहा नभएको बताइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर