टुँडिखेलमा यसरी मनाइयो ७५ औं प्रजातन्त्र दिवस (तस्वीरहरु)

  फागुन ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन ७ ।  काठमाडौंको टुँडिखेलमा ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा टुँडिखेलमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर प्रदीपराज वन्त/रासस

तपाईंको प्रतिक्रिया

थप खबर