जनार्दन शर्मा संसद बैठकमा भाग लिन प्रवेश

  असार २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा भाग लिन केही बेरअघि बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । उनलाई संसद प्रवेश गर्दा सिटी पुलिसले सुरक्षा दिएको थियो ।

अर्थमन्त्रीले आज आफूमाथि उठेका प्रश्नको संसदको रोष्ट्रममा उभिएर जवाफ दिने तयारी छ । एमालेनिकट युवासंघले उनलाई संसद भवनबाट जानबाटै रोक्ने योजना बनाएको थियो ।

त्यसैले अर्थमन्त्रीलाई उच्च सुरक्षा दिइएको हो ।स्रोतका अनुसार अर्थमन्त्रीलाई संसद प्रवेश गर्नबाट रोक्ने र कालो झण्डा देखाउने तयारी गरेका युवा संघका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर