मिडियाबाजी डटकम काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग फुकुवा भएको पत्र लेखेर बिवादमा आएका गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका हुन् ।
पत्रमा संवैधानिक इजलासको अन्तरिम आदेशले पत्र कार्यान्वयन रोकिसकिएको भन्दै कारण देखाऊ आदेशको जवाफसँगै सर्वोच्चको पूर्ण इजलासले सोधेको प्रश्नको पनि जवाफ दिइने उल्लेख छ ।
