मिडियाबाजी डटकम काठमाडौं।चितवनको कालिका नगरपालिका-५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना ३९ प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका हुन् । ठक्कर खाँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका-९ का ५० वर्षीय बलबहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल चालक स्थानीय ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ, स्कुटर पछाडि सवार कालिका नगरपालिका-३ का ६९ वर्षीय सुकबहादुर तामाङ घाइते छन् । स्कुटर चालक सुकबहादुरका छोरा ३६ वर्षीय विजमान तामाङ सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ ।