चितवनमा आफ्नै आमाको हत्याको आशंकामा छोरा पक्राउ

  असार १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं , आषाढ १३। चितवन जिल्लाको माडीमा धारिलो हतियारको प्रहार गरी एक महिलाको हत्या भएको छ। माडी नगरपालिका-६ स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङको सोमबार दिउँसो हत्या भएको हो।

प्रहरीले उनकै छोरा अर्जुन तामाङले पछाडिबाट धारिलो हतियार प्रहार गरेको आशंकामा अनुसन्धान भइरहेको मिडियाबाजीलाई बताएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घर नजिकै मकै बारीमा महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर