मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ६ । म्याग्दीको मालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । जीपमा चालकसहित ५ जना सवार थिए । दुर्घटनामा घाइते हुने ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।