मिडियाबाजी डटकम काठमाडौँ , असोज ७ । राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले नजिकिंदै गरेको दसैंतिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वलाई ध्यानमा राख्दै सडक सुरक्षा, सवारी तथा हवाई भाडा, खानपान तथा गुणस्तरमा विशेष ध्यान दिन सरकारलाई निर्देशन गरेको छ ।
दसैंमा घर जाने यात्रुहरुको जीउधनको सुरक्षाका लागि सडकको सुव्यवस्था गर्नेदेखि राजमार्गहरुमा सञ्चालित होटल, लज तथा खानपान पसलहरुको अनुगमन नियम गर्न र गुणस्तरीयतामा ध्यान दिन समितिले विशेष आग्रह गरेको हो । असोज ४ गते बसेको समितिको बैठकले दसैंतिहार विशेष बजार र यातायातको क्षेत्रलाई केन्द्रमा राख्दै मुख्य ५ पक्षमा ध्यान राख्न सरकारलाई निर्देशन गरेको छ ।