गायक टंकले दिए मेयरमा उम्मेदवारी

  बैशाख १२, २०७९

काठमाडौं । पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमल्सिनाले उम्मेदवारी दिएका छन् । 
पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा हिजो उनले मनोनयन दर्ताका लागि निवेदन दिएका हुन । 
नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।
आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् |

तपाईंको प्रतिक्रिया

थप खबर