गरिमा विकास बैंकद्वारा प्रहरी सुरक्षा बेल्ट हस्तान्तरण

  जेठ १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं। गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङजालाई सो बेल्ट हस्तान्तरण गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण गरेका हुन् । हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ प्रहरीहरूको लागि यो बेल्टले रात्रीकालीन ड्युटीमा विशेष सुरक्षा र पहिचान दिलाउन मद्दत गर्दछ ।

तपाईंको प्रतिक्रिया

थप खबर