मिडियाबाजी डटकम काठमाडौं, बैशाख ४ । गण्डकी प्रदेश सरकारले आज वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
चैत्र शुक्ल अष्टमी चैते दसैँका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो ।