मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी भएको छ। बुधबार बिहान ललितपुरस्थित प्रधानमन्त्री पुष्पकमल दाहालको नातेदारको निजी एक सिटी स्केप अपार्टमेन्टमा सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताबीच छलफल भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय उपप्रधान एवम् गृहमन्त्री रवी लामिछानेलगायतका नेताहरुबीच छलफल चलिरहेको समयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत पुगेका थिए ।