कोसीटप्पु आरक्षमा दुई दशकपछि सिलसिले हाँस भेटियो

  पुष ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष ९। दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस भेटिएको छ ।

सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो ।असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ ।

देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् ।यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षहरुमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउँछन् । ‘अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ’, तिम्सिना बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर