दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयको प्रवेशद्वारमा सबैको ध्यानाकर्षणको लागि एउटा सूचना टाँसिएको रहेछ । ‘ कुनै पनि मुलुकलाई ध्वस्त पार्न आणविक हतियार वा लामो दुरीसम्म प्रहार गर्ने क्षेप्यास्त्रको निर्माण आवश्यक छैन । यसका लागि त्यो मुलुकको शैक्षिक स्तरलाई ध्वस्त पारिदिए पुग्छ , र विद्यार्थीलाई परीक्षामा चिट चोर्न मात्र दिए पुग्छ ।
त्यसो गरियो भने,
त्यस्ता डाक्टरको हातबाट सहजै बचाउन सकिने सयौँ बिरामीहरु अकालैमा मर्नेछन्,
त्यस्ता इन्जिनियरबाट निर्मित हजारौँ भवन र पुलजस्ता पूर्वाधारहरु ध्वस्त हुनेछन्,
त्यस्ता अर्थविदका हातबाट देशको अरबौँ ढुकुटी स्वाहा हुनेछ,
त्यस्ता धार्मिक अभियन्ताका हातबाट हार्दिकता र मानवता मसानघाटमा पुग्नेछ,
त्यस्ता न्याधीशका कारण न्याय खरानी हुनेछ,
त्यस्ता राजनेताबाट समाज र राज्य रसातलमा भासिन पुग्नेछ,
त्यस्ता शिक्षकबाट सिंगो पुस्ता बरबाद हुनेछ ।
त्यसैले शिक्षा ध्वस्त हुनु भनेको राज्य ध्वस्त हुनु हो ।
प्रिय शिक्षक साथी, अभिभावकज्यू र विद्यार्थी भाइबहिनीहरु, शिक्षाको सदाबहार आवश्यकता र महत्वलाई बुभ्mन र बुझाउन माथिको प्रसंग नै पर्याप्त हुँदैन र ?
समय सधैँ एकनासको हँुदैन । दुख, सुख, सहजता, असहजतालाई कुनै पनि व्यक्ति र समाजले भोग्दै जानु पर्ने हुन्छ । परिस्थितिले कहिलेकाहीँ सिक्ने र सिकाउने ठाउँ पनि फरक बनाइदिँदो रहेछ । पूर्वीय सभ्यतामा शिक्षा गुरुकूल परम्पराबाट सुरु भएको मानिन्छ । त्यो बेला गुरुका आश्रममा बसेर गुरुजस्तै आदर्श र नैतिक जीवनको अनुकरण गर्दै शिक्षाप्राप्ति गरिन्थ्यो । अहिले आएर परिस्थिति फेरिएको छ । कोरोनाको विश्वव्यापी महामारीले हामीलाई भौतिक रुपले टाढा बनाइदिएको छ । यस्तो बेलामा हामी प्रविधिको उच्चतम प्रयोग गरेर भर्चुअल कक्षाका माध्यमबाट जोडिनु बाहेक हामीसँग अर्को विकल्प पनि त छैन । समय सधैँ यस्तै नहोला, आजको विज्ञान स्वास्थ्य समस्या समाधानका निम्ति अहोरात्र लागिपरेको समाचार हामीले सुनिरहेका छौँ । तर जहिलेसम्म हामी यस्तै अवस्थाबाट गुज्रिरहने छौँ, तबसम्म यसलाई सकारात्मक रुपले यसको भरपूर सदुपयोग गर्दै अघि बढ्नुजस्तो राम्रो कुरा अरु केही हुनै सक्दैन ।
म एउटा शिक्षकका नाताले विगत सात महिना अघिदेखि अनलाइन कक्षाका माध्यमबाट विद्यार्थीहरुसँग जोडिँदै आएको छु । यसक्रममा धेरै अनुभवहरु पनि आर्जन गरेको छु । पठनपाठन कार्यलाई सुरुचिपूर्ण बनाउन प्रविधिले विकास गरेका उच्चतम् उपलब्धिहरुलाई जोड्न खोजेको छु । विषयवस्तुलाई थप स्पष्ट पार्न विभिन्न किसिमका मिल्ने सन्दर्भ र डकुमेन्ट्रीहरुलाई पाठसँग लिंक गरेर अध्यापन गर्दै आएको छु । शिक्षण सिकाइलाई प्रभावकारी, प्रतिक्रियामुखी र अपेक्षित प्रतिफल प्राप्त गर्नका निम्ति सम्भवतः सबै शिक्षक साथीहरुले यस्तै प्रयास गर्दै पनि आउनु भएको छ । भौतिक रुपमा कक्षामा पठनपाठन गर्दा सबै विद्यार्थीहरुको पहँुचमा सायदै पुग्न गाह्रो हुने थियो होला, अनलाइन कक्षामा हरेक विद्यार्थीहरुसम्म पुग्न सकिएको छ र कक्षाकोठामा दिन नसकिने धेरै कुराहरु दिन सकिएको छ । प्राविधिक कारणले कक्षा छुटेमा विद्यार्थीहरुले रेकर्डमा बसेको कक्षालाई आफु अनुकूल हेर्न र सुन्न सकिने अवस्था छ ।
अहिले अनलाइनमा बसेर पढ्ने विद्यार्थीले यी कुराहरुलाई पूरै सदुपयोग गर्न आवश्यक छ भने अनलाइनको पहँुचमा नभएका साथीहरुलाई पनि यथासक्य सहयोग गर्नु विद्यार्थी भाइबहिनीहरुको दायित्व हो । अवसर पाएकाहरुले अवसर नपाएकाहरुका लागि पनि केही गरौँ । सहयोग, मेलमिलाप र उच्च मानवता देखाउने बेला पनि यही हो ।
भौतिक रुपले उपस्थित हुनुपर्दा आवश्यक सजकता अपनाउने गरौँ र अरुलाई पनि सजग बनाऔँ । यी कुराहरुमा गम्भीर भएर पठनपाठनमा लागेनौँ भने हामी पछि पर्दै जानेछौँ । एक पटक विचार गरौँ त, शिक्षकले पढाइरहँदा हामीले पढ्ने भाँडो थापेर अरुतिर गइरहेका छैनौँ ? घरमा बसेर पढाइरहेका शिक्षकले हामीलाई केही गर्न सक्ने होइनन् भनेर लापरबाही गरिरहेका त छैनौँ ? शिक्षकले प्रतिक्रिया मागिरहँदा हामी कतै गेम खेलेर बसिरहेका त छैनौँ ? अथवा भिडियो अन गरेर बोल न भन्दा माइक वा क्यामेरा बिग्रेको बहाना बनाएर आपैmँलाई ढाँटिरहेका त छैनौँ ? त्यस्तै अनलाइनबाट लिइने परीक्षालाई परीक्षाजस्तै मर्यादित बनाउन विद्यार्थी कुनै मूल्यमा चुक्नु हुँदैन । यस्तो बेला कुनै विद्यार्थीले भिडियो अफ गरेर किताब सार्दैमा ठुलो मान्छे बनिँदैन । यस किसिमको आत्मघाती काम विद्यार्थीले कदापि गर्नु हुँदैन । विद्यार्थी भाइबहिनीले बुभ्mनै पर्दछ, पढाइको मोडालिटी फेरिएजस्तै मूल्यांकनका तरिका पनि अवश्यै फेरिँदै जानेछन् । कक्षामा उपस्थिति, सक्रिय र प्रतिक्रियाकेन्द्रित सहभागिता, नियमित गृहकार्य गरेर बुझाउने बानी आदि कुराहरु पनि मूल्यांकनका आधार हुन् भन्ने कुरा विद्यार्थीले बिर्सनु हँुदैन ।
त्यसैले यी सबै कुराहरुलाई मनन गर्नु र शैक्षिक उपलब्धि हासिल गर्नु विद्यार्थीका जिम्मेवारीकै कुरा हुन् । शैक्षिक उपलब्धिको प्राप्ति र आवश्यकतालाई सबैभन्दा पहिले बुभ्mनुपर्ने विद्यार्थीले नै हो । यस्तो अवस्थामा विद्यार्थीले सबैभन्दा पहिले आपैmँले आपैmँलाई चिन्न सक्नु पर्दछ । पढ्ने आपैmँले हो, सिक्ने आपैmँले हो । सीप आप्mनै लागि हो । शैक्षिक दक्षता यस्तो सम्पति हो जुन भोलि कसैलाई अंशबन्डा गरेर दिनु पनि पर्दैन । मजस्तो ठुलो, मजस्तो बलवान, मजस्तो चलाख, मेरोजस्तो गर्जन कसैको पनि छैन भनेर भन्नु अहिले उसको मूर्खता हुन जान्छ । भाइबहिनीहरु तिमीले आप्mनो जीवनको एकछिन बनाउने होइन, जीवन बनाउने हो, भविष्य बनाउने हो ।
अन्त्यमा भाइबहिनीसमक्ष एउटा लोककथा जोड्न चाहन्छु । कुनै जंगलमा एउटा शक्तिशाली बाघ रहेछ । उसले प्रत्येक दिन एउटा एउटा मृग मारेर खाँदो रहेछ । एक दिन त्यसैगरी मृग मारेर खाइरहेका बेला एउटा फुच्चे खरायो पनि डुल्दै डुल्दै त्यतै आइपुगेछ । खरायोलाई देखेपछि बाघले मनमनै सोंचेछ, पेटभरि खान पुग्ने यत्रो मृगको सिकार गरिरहेछु, यो एक गाँस पनि नपुग्ने खरायोका पछि किन लाग्नु भनेर बाघले खरायोलाई मतलबै गरेनछ । केही दिन पछि बाघले जंगलमा मृग भेटाउन छोडेछ ।
त्यहीबेला उही खरायो डुल्दै डुल्दै बाघको छेउमा आइपुगेछ । खरायोलाई देखेर भोको बाघले लखेट्न थालेछ तर जति लखेट्दा पनि बाघले खरायोलाई भेटाउन सकेनछ र परैबाट खरायोलाई रोकिन भनेछ र सोधेछ । म तिमीलाई केही गर्दिन ए खरायो भन त, मजस्तो शक्तिशाली बाघले पनि तिमीलाई भेट्न किन सकिरहेको छैन, यो कुरा आज मैले बुभ्mन सकिरहेको छैन, तिमीमा यस्तो दिव्य शक्ति कसरी कहाँबाट आइरहेको छ ? अनि खरायोले बाघलाई भनेछ, तिमी मलाई कसैगरी पनि भेटाउन सक्दैनौँ किनकि तिमी एक छाकका लागि दौँडदै छौ, म जीवनकै लागि ।
भाइबहिनीहरु, कोरोना महामारी पनि आज संसारभरि यसैगरी बाघजस्तै दौडँदै छ, प्रतिकूलतामा पनि अनुकूलताहरु खोजेर हामी जीवन र उज्यालो शैक्षिक भविष्यका लागि दौडने हो । महान शैक्षिक उद्देश्य प्राप्तिको लागि अगाडि बढ्ने हो । त्यसैले यसका लागि इमान र आत्मविश्वास चाहिन्छ, अनुशासन, मर्यादा र उच्च आदर्श चाहिन्छ । बाघको जस्तो अनावश्यक फुर्ति, दम्भ र घमण्ड त्यागौँ र भोलिको उज्यालो भविष्यका लागि गम्भीर भएर लागौँ ।
देवेन्द्र पौडेल
शिक्षक ः सेन्ट जेभियर्स कलेज, माइतीघर