केही दिनदेखि देशभर उखरमाउलो गर्मी तापक्रम ४० डिग्रीसम्म

  असार ३२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ ३२। केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही सितलजस्तो महसुस भए पनि तराईका जिल्लामा केही दिन यता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ ।

काठमाडौंसहित पहाडी क्षेत्रमा पनि दिउँसोको समयमा टण्टलापुर घाम चर्किँदा जनजीवन प्रभावित भएको छ । केहि दिनको लागि मनसुन रोकिएर न्यूनचापीय रेखा नेपालबाट टाढा भएकाले धेरै गर्मी महसुस भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।आज नेपालगञ्जको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै धनगढीको ३७ दशमलव २, भैरहवाको ३७ दशमलव ८, काठमाण्डौको ३०, जनकपुरको ३५ र विराटनगरको ३४ दशमलव ८ डिग्री सेल्सियस छ ।

 गर्मीका कारण तराईका विद्यालयहरुमा पठनपाठन प्रभावित भएका छन् ।   दिउँसाे बजार सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा पनि सेवाग्राहीको सख्या घट्न थालेको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर