केएमसी मृत्यु प्रकरण आठ लाखमा सहमति

  असार २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ २०। केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति भएको छ । स्कुलको क्यान्टिनमा काम गर्ने रमा, शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै परिवार तथा आफन्तले आइतबार विहानदेखि स्कुल परिसरमा प्रदर्शन समेत गरेका थिए ।

आइतबार भएको वार्तामा ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउने र त्यसअनुसार कारबाही गर्ने सहमति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार अहिले घटनास्थल मुचुल्का ,लासजाँच प्रकृति मुचुल्का गरीसकेर शवलाई पोष्टमार्टमका लागि पठाउने लगायतका कानुनी प्रक्रिया सकिएको जानकारी भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर