कीर्तिपुरका दुई मेयरका उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

  ४ घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १४ ।   निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरूले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगकी प्रवक्ता निता पोखरेलले जानकारी दिइन् । ‘अनुगमन टोलीको सिफारिसअनुसार उहाँहरूलाई स्पष्टीकरण सोधिएको हो,’ प्रवक्ता अर्यालले भनिन्, ‘मौन अवधिको होइन, अगाडिकै कुरा हो ।’ आउँदो मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । 

तपाईंको प्रतिक्रिया

थप खबर