मिडियाबाजी डटकम काठमाडौँ , असोज २८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य तोकेको छ ।
समितिका अनुसार आज राजा च्याउको मूल्य प्रतिकिलो २००, लसुन सुकेको नेपालीको ३१० रुपैयाँ कायम भएको छ । यसैगरी गोलभेँडा ठुलो भारतीको प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको ९०, अदुवाको २००, आलु रातोको १०५ रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको भारतीयको ११०, काउली स्थानीयको १२०, भण्टा लाम्चोको ८०, घिउसिमी राजमाको २०० रुपैयाँ कायम भएको छ । यसैगरी लौकाको ६०, सलगमको १००, बरेलाको १२०, कुरिलोको ६००, अनारको ४००, जुनारको ३००, अम्बाको ९०, आभोकाडोको २५० रुपैयाँ कायम भएको छ ।
