कार्यभार सम्हालेको ४५ दिनमै बेलायती प्रधानमन्त्री लिजद्धारा राजीनामा घोषणा

  कार्तिक ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ ।

बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएको बताएकी छन् । तर, नयाँ उत्तराधिकारी चयन नभएसम्म भने आफू पदमा रहने उनले उल्लेख गरेकी छिन् ।

यता, ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस बेलायती इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन् । यसअघि सन् १८२७ मा जोर्ज क्यानिङ ११९ दिन प्रधानमन्त्री बनेका थिए । 

तपाईंको प्रतिक्रिया

थप खबर