काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह

  माघ २५, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , माघ २५ ।  उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) काठमाडौं महानगरपालिका–२९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए । मन्त्री सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

उनले भने, ‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन् । जनताले समस्या राखिसकेपछि त हुनसक्ने काम त गर्दिन पर्छ नि । भोलि, आउनुहोस, पर्सी आउनुहोस भन्ने गरिन्छ । स्पष्ट भनिदिनु पर्छ, अनावश्यक दुःख दिन पाइँदैन् । यसको अन्त्य हुनुपर्छ । जनप्रतिनिधिले जनताको गुनासो सम्बोधन गर्ने भन्नेतिर नै लाग्नुपर्छ भन्ने कुरामा जोड दिन्छु ।’

तपाईंको प्रतिक्रिया

थप खबर