मिडियाबाजी डटकम काठमाडौं,असोज ३१।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभानगर्न निषेध गरिएको छ।
आयोगले आगामी कात्तिक १७ गतेअघि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ। त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ,’ उनले भने।
दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार-प्रसार गर्न पाउनेछन्। उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन्।