काठमाण्डौँ उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध,के भन्छन् नुवाकोट र धादिङका स्थानीयहरु ?

  चैत २४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र २४ । विगतका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीय बासिन्दाले काठमाण्डौ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जनमा अवरोध पुर्‍याएका छन् ।

‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’ नुवाकोट धादिङले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको हो ।

समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेश गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाएको बताए ।

शनिबार बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार ५०० टन फोहोर विर्सजन हुने गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर